टिप्परको ठक्करबाट धनगढीमा एक जना घाइते

धनगढी : कैलालीको धनगढीका टिप्परको ठक्करबाट एक जना घाइते भएका छन्।

Dhangadhi_Tihar 2083

धनगढीमा उपमहानगरपालिकाको से १ ग ६५ नम्बरको टिप्परले गौरीगंगा नगरपालिका– १ का ४७ वर्षीय बाबुराम चौधरी घाइते भएका हुन्। धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा साइकलमा सवार चौधरीलाई टिप्परले ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक तपेन्द्र सिँह बोहराका अनुसार चौधरीको टाउको र दुवै खुट्टामा चोट लागेको छ। उनको केजी अस्पतालमा उपचार हुँदैछ।

टिप्परसहित चालक सुरेन्द्र रावललाई अहिले प्रहरीको नियन्त्रणमा छन्।

Loading...