दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा चमेना गृहको उद्घाटन संगै बिद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा न.२ मा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले स्नातक तह प्रथम बर्षमा अध्ययनरत बिद्यार्थीहरुको स्वागत, विविएस् चौंथो वर्षको विदाई कार्यक्रम तथा आधुनिक सुबिधा सम्पन्न चमेना गृह भवन समुद्घघाटन कार्यक्रम सम्पन्न भएको छ।

बुधबार दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आयोजित एक औपचारिक कार्यक्रममा स्नातक तह प्रथम बर्षका बिद्यार्थीलाई अबिर तथा डटपेन कापी बितरण गरी स्वागत गरेको हो ।

Dhangadhi_Tihar 2083

कार्यक्रमको सभाअध्यक्षता स्ववियु सभापति भुवन महरा रहनु भएको कार्यक्रमको प्रमुख अथिति गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट रहनु भएका थियो भने बिशिष्ट अथिती गोदावरी नगरपालिका उप प्रमुख शारदा देवी रोकाया, निबर्तमान क्याम्पस प्रमुख डा. डम्मर पाल, बर्तमान क्याम्पस प्रमुख, स्थापकपुर्व क्याम्पस प्रमुख गिरिराज कडायत लगायत प्राध्यापक, विद्यार्थी, समाजसेवी को उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको उद्घघाटन प्रमुख अथिति तथा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले पानसमा दिप प्रज्जलन र शिलापत्रलाई अनुवरण गरी बिधिबत रुपमा उद्घघाटन गरी उहाँले यस क्याम्पसका लागि नगरपालिका सकारात्मक सोचका साथ अगाडी बढी रहेको र अब शिक्षा प्रणालीलाई प्राबिधिक शिक्षामा अगाडी बढाउनु पर्दछ भनेर गोदावरी नगरपालिकाले जे जति सहयोग गर्न सकिन्छ सबै सहयोग गर्न तयार गरेको बताएका छन ।

२०६३ साल देखि क्याम्पसको रुपमा संचालित यस क्याम्पसमा हाल ३ हजार बिद्यार्थी अध्ययनरत रहेका छन । यस दुर्गा लक्ष्मी क्याम्पसमा अध्ययनरत विद्यार्थीको खाजा खानको लागि गोदावरी नगरपालिकाले चमेना गृह भवन निर्माणका लागि २८ लाख ९० हजारको लगानीमा निर्माण गरिएको हो।

यस क्याम्पस हरेक क्षेत्रमा नगरपालिकाको महत्त्वपुर्ण सहयोग रहेने नगर प्रमूख भट्टले प्रतिद्घता समेत गर्नु भएको छ ।उक्त कार्यक्रम क्याम्पसका प्राध्यापक हर्क साउदको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संन्चालन बिद्यार्थी बम बहादुर विक र ज्योति शाहुले गरेका थिए।

Loading...