अछाममा ट्याक्टर दुर्घटना

धनगढी : अछाममा ट्याक्टर दुर्घटना भएको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। तोली जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक बाजुराको बुढीगंगा नगरपालिकाका २५ वर्षीय महेश भारती र सहचालक पञ्चदेवल विनायक नगरपालिका–२ का २७ वर्षीय नेत्र विक घाइते भएका हुन्।

बालुवा बोकेर विनायकबाट तोली जाँदै गरेको भे २ त १९८५ नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीहरूको जिल्ला अस्पताल अछाममा उपचार हुँदैछ।

Loading...