किसान बहुउद्देश्यीय सहकारी संस्थाले दुई जना सेयर सदस्यको ऋण मिनाह गर्यो

धनगढी : किसान बहुउद्देश्यीय सहकारी संस्थाले दुई जना सेयर सदस्यको ऋण मिनाह गरेको छ ।

Dhangadhi_Tihar 2083

सहकारीको फूलवारी शाखाले धनगढी–१८का दुई जना सेयर सदस्यको ऋण मिनाह गरेको हो । सेयर सदस्य धनगढी –१८ की सरिता पौडेल क्षेत्री र अम्भी कमेनीका श्रीमानको मृत्यु भएपछि उनीहरुको ऋण मिनाह गरेको सहकारीले जनाएको छ ।

सहकारीले कमेनीको दुई लाख नौ हजार एक सय ७८ र क्षेत्रीको २३ हजार ऋण मिनाह गरेको हो । ऋणी वा ऋणीका अविभावकको मृत्यु भएमा सहकारीले ऋण मिनाह गर्दै आएको सहकारीकी फूलवारी शाखा प्रमुख दिलमाया थापाले जानकारी दिईन् ।

Loading...