अनेरास्ववियु कैलालीले अघिवेशनको मिति तोक्यो

अत्तरिया : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीको अधिवेशनको मिति तोकिएको छ ।

बिहीबार घोडाघोडी नगरपालिकाको सुक्खडमा बसेको बैठकले बैशाख २८ र २९ गते घोडाघोडी नगरपालिका स्थित सुखडमा अदिवेशन गर्ने मिति तोकेको हो ।

आयोजक कमिटी संयोजक कपिल सापकोटा को अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रमोद खड्का प्रमुख अतिथि रहेका थिए ।

यसअघि अनेरास्ववियु कैलाली जिल्ला अधिवेशन चैत्र २६ र २७ गते तोकिएको भएपनि सम्पन्न हुन सकेको थिएन। अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने र जसका लागि करिब ५ सय प्रतिनिधि उपस्थित हुने बताइएको छ।

हाल जिल्ला अध्यक्षको दौडमा सह–संयोजकहरु पुष्प राज सुवेदी, हरिश न्यौपाने र कुबेर खड्का रहेका छन ।

Loading...