
लम्की : बालगृहमा रहेका अनाथ बालबालिकाको संरक्षणको लागि कैलालीमा ‘१० रुपैयाँ मेरो योगदान अभियान’ सञ्चालन गरिएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका–१ लम्कीमा रहेको मानव सेवा बालगृहमा रहेका अनाथ बालबालिकाको लत्ता कपडा, खाद्यान्न र पढाइको लागि शुक्रवारदेखि अभियान सञ्चालन गरिएको बाल गृहका अध्यक्ष विनोद थापाले बताए।