अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित धनगढी रोडबाट अवैध सामान छोडेर ७ जना भागेका छन् भने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का ४० वर्षीय रामअवतार राना रहेका छन् । उनलाई मोटरसाइकल र भन्सार छली ल्याएका अन्दाजी ५ लाख ५४ हजार ५०० मूल्यको अवैध सामानसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।
प्रहरीका अनुसार उक्त मूल्यको ११ सय केजी प्याज र ८ ओटा मोटरसाइकलसहित रानालाई मंगलबार बिहान पक्राउ गरिएको हो । उनीसँगै रहेका अन्य ७ जना भने भागेका र उनीहरुले प्रयोग गरेका ७ ओटै मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
मोटरसाइकलसहित बरामद गरिएका सामान भन्सार कार्यालय पठाइने बताइएको छ ।