चैते–दशैँको अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा १८९ राँगाको बलि

बैतडी : बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा एक सय ८९ राँगा बोकाको बलि चडाइएको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा चैते–दशैँको अवसरमा मंगलबार एक सय ८९ राँगा र एक सय बोकाको बलि चडाइएको हो।

निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लाकै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ। भाकल अनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको निङ्गालशैनी धार्मीक सेवा समितिका कोषाध्यक्ष चक्रबहादुर बोहराले बताए।

Loading...