अत्तरियामा सुदूरपश्चिम राजधानी मेयर कप फुटबल प्रतियोगिता आयोजना हुदै 

अत्तरिया : कैलालीको अत्तरियामा सुदूरपश्चिम राजधानी मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गोदावरी नगरपालिका -२ मा रहेको पि.एफ.ए स्पोटर्स क्लबको आयोजनामा यहि बैशाख १४ गतेदेखि सुदूरपश्चिम राजधानी मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको हो ।

आज (बुधवार) आयोजक पि.एफ.ए स्पोटर्स क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौ संस्करणको प्रतियोगिता हुने बारेमा जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पि.एफ.ए क्लबकी उपाध्यक्ष भगवती साउँदले प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने बताउदै उनले प्रतियोगितामा सुदूरपश्चिमका क्लबहरूले मात्रै सहभागि हुन सक्ने बताइन् । फुटबलको माध्यमबाट सुदूरपश्चिमलाई राष्ट्रिय स्तरमा चिनाउनको लागि प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ ।

Dhangadhi_Tihar 2083

प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख, द्धितिय हुने टिमलाई १ लाख सँगै मेडल र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मध्य मैदान खेलाडी र उत्कृष्ट अग्र मैदान खेलाडीलाई पनि १०/१० हजार प्रदान गरिने छ । प्रतियोगिताका सबै खेलको म्यानअफ द म्याचका लागि पनि ३३ हजार रुपैयाँ छुट्याइएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई पनि १० हजार प्रदान गरिने छ । बैशाख १४ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुल खर्च २१ लाख लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा टिम दर्ता शुल्क ८ हजार तोकिएको छ ।

प्रतियोगिता गोदावरी-२ मा रहेको बनदेवी युवा क्लबको खेल मैदानमा खेलाइने पिएफए स्पोटर्सका महासचिव सिद्ध बोहराले बताएका छन् ।

Loading...