कैलालीको अत्तरियामा संचालनमा आयो कोहिनूर दोहोरी साँझ

श्याम बोहरा/अत्तरिया : कैलालीको अत्तरियामा अत्याधुनिक सजावट सहित  कोहिनूर दोहोरी साँझ सञ्चालनमा आएको छ ।स्थानीय युबा हरिश बमले उक्त दोहोरी साँझ सञ्चालनमा ल्याएका हुन् । गोदावरी-२ अत्तरियाको महेन्द्रनगर रोडमा सञ्चालनमा ल्याएको उक्त दोहोरी साँझको आज (बुधबार) एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामि, अत्तरिया उद्योग बाणिज्य संघका महासचिब शंकर खड्का र सञ्चालक बमका जेठा दाई प्रेम बम लगायतले संयुक्त रुपमा उक्त दोहोरी साँझको उद्घाटन गरेका हुन् ।

करिब २५ लाखको लागतमा दोहोरी साँझ संचालनमा ल्याईएको सञ्चालक हरिश बमले बताए । उनले केवल रमाइलोको लागी र ब्यवसायीक रुपमा मात्रै नभएर यो ठाउँको कला, संस्कृती जगेर्ना गर्नका निमित्त दोहोरी साँझ सञ्चालन गरेको बताए । सञ्चालक बमले दिनभरिको थकानलाइ केहि हदसम्म भएपनि मेटाउनका निमित्त दोहारी साँझले रमाईलो दिलाउने बताए । दोहोरी साँझका सञ्चालक गायक चक्र बमका दाई हुन् ।

Dhangadhi_Tihar 2083

कार्यक्रममा गायक चक्र बमले आफ्नो प्रस्तुती राख्ने क्रममा बोल्दै अरियामा दोहोरी साँझ संचालनमा आएकोले आफु हर्षित भएको भन्दै खुशी व्यक्त गरे । उनले आफ्नो सांगीतिक यात्रा दोहोरी साँझबाट नै सुरु गरेको तर आफुले संगीतको यात्रा सुरु गर्दा यो ठाउँमा दोहारी साँझ नहुँदा काठमाँडौ गएर सिक्नुपर्दा निकै दुख पिडा सुनाए । उनले अब दोहारी साँझ खुलीसकेपछी नयाँ आउने कलाकारलाइ सहज हुने र भारतको सिमाना नजिक कुमाउँ, गडवालमा पनी सुदुरपश्चिमको संस्कृती मेल हुने भएकाले यहाँका लोकभाका, देउडा सुन्न नेपाल आउने मान्छेले काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको बताए ।

यस्तै देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो)ले दोहोरी साँझ रमाइलो गर्नका निमित्त नभइ नयाँ आउने कलाकारलाइ अबसर भएको बताए । उनले यो ठाउँको कला, संस्कृतिलाइ जगेर्ना गर्न पनी दाहोरी साँझको महत्वपुर्ण भुमिका रहेको बताए ।

कार्यक्रममा उपस्थित कलाकारहरुले आफ्ना प्रस्तुति राख्नुका साथै देउडा खेलेर माईलो गरेका थिए । 

उद्घाटन कार्यक्रममा गायक चक्र बम, देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो), देउडा गायक शुरेश चोखाल, गायक सौगात ओझा, लगायत बिभिन्न संघसंस्थाका पदाधिकारी, स्थानियहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उद्धघोषक के.पी. कलौनीले गरेका थिए ।

Loading...