कैलालीको धनगढीमा लागूऔषधसहित १९ वर्षीया युवती पक्राउ

धनगढी : कैलालीको धनगढीकी १९ वर्षीया एक युवती लागूऔषधसहित पक्राउ परेकी छिन्।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट ८० मिलिग्राम अबैंध लागूऔषध (खैरो हेरोईन)सहित धनगढी उपमहानगरपालिका–३ बस्ने १९ वर्षीया आश्मा श्रेष्ठ बुधवार साँझ पक्राउ परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Loading...