बैतडीको एक होटलमा आगलागी

बैतडी : बैतडीमा एक होटल भित्र आगलागी भएको छ।

Dhangadhi_Tihar 2083

सुर्नया गाउँपालिका–२ सतबाँज स्थित करन पाण्डेले सञ्चालन गरेको आमाको खाजा घर होटलको भुई तलामा रहेको कोठामा बिजुलीको तार सर्ट भएर शुक्रवार राति आगलागी भएको हो।

आगलागी हुँदा कोठा भित्र रहेका फर्निचर, लत्ताकपडा लगायतका सामान गरि अन्दाजी ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Loading...