अत्तरिया : कैलालीको अत्तरियामा रहेको एक होटलबाट खाली चेक र नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका-१ अत्तरिया स्थित रेड्सन प्लाजाबाट नगद डेढ लाख बढी रकम सहित जुवाडे पक्राउ परेका हुन् । आज (शनिबार) साँझ ७ बजेको समयमा बिषेश सूचनाको आधारमा ईप्रका मालाखेती अत्तरियाबाट प्रनाउ (डिएसपी) गंगा बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
जुवा खेलिरहेको अवस्थामा प्रहरीले ५ प्याकेट तास र नेपाली नगद १ लाख ५५ हजार २ सय रुपैयाँ बरामद गरेको छ भने एनएमबी बैंकको ३ खाली चेक समेत फेला पारी बरामद गरिएको बताएको छ ।
पक्राउ परेकाहरुको पहिचान खुलाइएको छैन । जुवाडेहरुलाई पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको ईप्रका मालाखेतीले जनाएको छ।