गोदावरीका दुई जनाको भान्सा घरमा आगलागी हुँदा एक लाख बढीको क्षती

धनगढी : कैलालीमा दुई जनाको भन्सा घरमा आगलागी भएको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको गोदावरी नगरपालिका–९ बल्मीका दुई स्थानीयको टीनले छाएको कच्ची भान्सामा शनिवार आगलागी भएको हो।

आगलागीबाट भान्सा कोठाभित्र रहेका सरसामान जली अन्दाजी एक लाख तीस हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।

आगलागीको कारण खुलेको छैन्। घटनाको पुर्ण विवरण आउन बाँकी रहेको केन्द्रले जनाएको छ।

Loading...