बैतडी : बैतडीको पाटन नगरपालिकामा कक्षा ८ को नतिजाबारे विवाद भएपछि रुजु समिति गठन गरिएको छ ।
आधारभुत तह कक्षा ८ को नतिजाका बिषयमा विवाद आएपछि आइतबार प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाको संयोजकत्वमा तीन सदस्यीय रुजू समिति गठन गरिएको हो । रुजु समिति गठनका लागि नगरप्रमुख गौरी सिंह रावलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो ।

गठित समितिले ५ दिनभित्र कक्षा ८ को नगरस्तरीय बार्षिक परिक्षामा सहभागी बिद्यार्थीहरुले प्राप्त गरेको अंक रुजुगरि प्रतिवेदन पेश गर्ने संयोजक बिष्टले बताए । यसअघि नगरपालिकाले नतिजा प्रकाशन गरिसेकपछि पुर्नयोगका लागि निवेदन दिएका मध्ये ६ जनाको नतिजा फरक भेटिएको थियो ।
दुई जनाले उत्तिर्ण अंक प्राप्त गरेका थिए भने ४ जना ग्रेडवृद्धिको परिक्षामा सहभागी हुन पाउन भएका थिए । जसका कारण नतिजा माथि नै आशंक व्यक्त गर्दै विरोध भएको थियो ।
पाटनमा कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी पाटनका ३५ वटा विद्यालयका ६५२ विद्यार्थीमध्ये सुरुको नतिजा प्रकाशन गर्दा १३७ जना मात्रै उत्तीर्ण भएका भएका थिए । जसमा ७ वटा विद्यालयको नतिजा शून्य आएको थियो भने ९ वटा विद्यालयमा एक एक जना विद्यार्थी उत्तीर्ण भएका थिए ।