वनमा लागेको आगोबाट मिल र गोठमा आगलागी

डोटी : डोटीमा सामुदायिक वनमा लागेको आगो तीन गोठ र एक मिलमा समेत सल्केको छ।

Dhangadhi_Tihar 2083

जिल्लाको बड्डीकेदार गाउँपालिका–३ स्थित अमरघट्टी सामुदायिक वनमा आगलागी भएको हो। उक्त सामुदायिक वनमा लागेको आगोबाट बड्डीकेदार–४ ओखेडाका एक जनाको काठ र जस्तापाताले बनेको गोठमा आगलागी हुँदा ५ बाख्रा जलेर मरेका छन्। दु्ई लाख बराबरको क्षती भएको छ।

यस्तै बड्डीकेदार–३ का दुई जनाको गोेठमा पनि आगलागी भएका छ। साथै अमरघट्टी उपभोक्ता समुहको मिलमा पनि आगलागी भएको छ। मिलका दुई पट्टा र मिल जलेर चार लाख ५० हजारको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।

घटनाको पुर्ण विवरण भने आएको छैन्।

Loading...