बाजुरामा आगलागी, दुई घर जले

बाजुरा : बाजुरामा २ वटा घरमा आगलागी भएको छ। बडिमालिका नगरपालिका–१ नुवाकोट बस्ने आनन्द लुहार र जयबिरे लुहारको २ वटा घरमा आईतवार दिउँसो आगलागी भएको हो।

आगलागी हुँदा घर र घर भित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुडा लगायतका सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। आगलागीबाट भएको क्षेतीको बिबरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको छ।

Loading...