बैतडी : बैतडीमा पासोमा फसेको अवस्थामा चितुवा भेटिएको छ ।

सिगास गाउँपालिका–९ च्वाँ भेरीखोला भन्ने स्थानमा चितुवा पासोमा फसेको अवस्थामा भेटिएको हो ।
सोमबार बिहान स्थानीयले चितुवा पासोमा फसेको देखेपछि वनको टोली खटाइएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिप कुमार यादवले बताए ।
उनले चितुवा फसेको विषयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली सँग पनि समन्वय गरिएको बताए ।