कञ्चनपुरको कृष्णपुर– १ मा रहेको बैजनाथ आधारभूत विद्यालयमा पढाई मेला

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिका – १ भेटघाटमा रहेको बैजनाथ आधारभूत विद्यालयमा पढाई मेला कार्यक्रमको आयोजना गरिएको छ ।

मंगलबार नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले बाल संरक्षण, स्पोन्सरसीप, तथा समावेशी गुणस्तरीय शिक्षा परियोजना अन्तरगत वर्ड भिजन र कृष्णपुर नगरपालिकाको सहयोगमा पढाई मेला कार्यक्रम आयोजना गरेको हो ।

Dhangadhi_Tihar 2083

मेलामा बालबालिकाको पढाई संस्कृति प्रोत्साहन गर्नको लागि विभिन्न शैक्षिक सामाग्रीहरूका स्टल राखिएका थिए । परियोजनाका संयोजक रामेश्वर जैरुले बालबालिकाको पढाई बानीमा सुधार गर्ने र समुदायमा अभिभावकलाई पढाइप्रति जागरुप गराउने उद्देश्यले मेला आयोजना गरिएको बताए ।

उनले मेलाले विद्यार्थी भर्ना अभियानलाई पनि टेवा पुग्ने बताए । उनले मेलामा बालबालिकाका प्रतिभा पनि प्रस्तुत गरिएको बताए । पढाई मेला कार्यक्रमको वडा अध्यक्ष मोहन बहादुर बस्नेतले उद्घाटन गरेका थिए । उनले मेला कार्यक्रमले भर्ना अभियानमा पनि सहयोग पुग्ने बताए ।

पढाई मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक लगायतले अवलोकन गरेका थिए ।

Loading...