अत्तरियाको प्रेरणा सपिङ सेन्टरमा आगलागी 

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका २ अत्तरियामा आगलागी भएको छ ।

अत्तरियाको महेन्द्रनगर रोडमा, गोदावरी कम्प्लेक्समा रहेको प्रेरणा पाण्डेय ले संचालन गरेको प्रेरणा सपिङ सेन्टरमा आगलागी भएको हो ।

Dhangadhi_Tihar 2083

बिजुलीको तार सर्ट हुदा राती १ : ४५ मा आगलागी भएको हो । आगलागीबाट पसल भीत्र रहेको सबै धनमाल, सामान जलेर नष्ट भएको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा राती नै आगलागी पुर्ण नियन्त्रण भइसकेको छ ।

आगलागीबाट १६ लाख बराबरको समान, नगद एकलाख पचहत्तर हजार, चेक पचहत्तर हजार, अन्य पन्ध्र हजार क्षती भएको र क्षतीको पुर्ण बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Loading...