नेकपा एमाले गोदावरी इन्चार्जको जिम्मा सुवेदीलाई

अत्तरिया : नेकपा एमाले कैलाली गोदावरी नगरपालिका इन्चार्जको जिम्मा भीष्म सुवेदीलाई दिइएको छ ।

कैलाली एमाले जिल्ला कमिटी बैठकले सुबेदीलाई इन्चार्जको जिम्मा तोकेको हो । सुवेदी जिल्ला अधिवेशनमा खुल्ला तर्फ प्रत्यक्ष सदस्यमा निर्वाचित भएका थिए । यस्तै बैठकले गोदावरीबाट सचिवालयमा ५ जना छनोट गरेको छ ।

जसमा आनन्द भट्ट, गणेश जिमि साउँद, टिकाराम आचार्य, नैन सिह कार्की र टेक बुढा रहेका छन् । उनीहरू सबै जिल्ला कमिटीमा निर्वाचित सदस्य हुन ।

Loading...