महेन्द्रनगरबाट धनगढी आइरहेको विङ्गर दुर्घटना

धनगढी : कञ्चनपुरको महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको विङ्गर दुर्घटना भएको छ ।

Dhangadhi_Tihar 2083

महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ००१ ज ३९८ नम्बरको विङ्गर बनहरापुल नजिक दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

विङ्गर दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले बताएको छ । घाइतेहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको अत्तरिया प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Loading...