अत्तरिया : कैलालीको धनगढीमा लागुपदार्थ दुव्र्यसन सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको पहिलो आरम्भ पुर्नस्थापना केन्द्रको आयोजनामा वडा नम्बर ५ को कार्यालयको सहयोगमा कार्यक्रम गरिएको हो ।
पुर्नस्थापना केन्द्रका संस्थापक विकास शाहीको सभापतित्वमा आयोजित कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष गजेन्द्र शाही प्रमुख अतिथी रहेका थिए । समाजमा लागुऔषध दुव्र्यसनीको बढ्दो समस्यालाई मध्यनजर गर्दै समाजका बिभिन्न व्यक्तिहरुलाई सहभागि गराइ जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो ।
वडा प्रहरी निरिक्षक जनक ढुंगाना, मानसिक तथा मनोरोग बिशेषज्ञ डा.गणेश खड्का लगायतले लागुऔषध दुव्र्यसन सम्बन्धी जनचेतना मुलक मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत प्रेम भट्ट, पत्रकार दिर्घराज उपाध्याय, फारवेष्ट फिटनेशका सञ्चालक मोेहन तामाङ लगायत, टोल विकास समितिका पदाधिकारी, शिक्षक शिक्षिका, युवा क्लबका पदाधिकारी, समाजसेवी, बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।
पछिल्लो समयमा धेरै युवायुवतीहरु लागुपदार्थ दुव्र्यसनमा फसेको बताउदै सबै एकजुट भएर लागेमा यसको अन्त्य हुने कार्यक्रमका सहभागिहरुले बताएका थिए ।
यस्तै कार्यक्रममा युवा गोपाल जोशीले हिजोका दिनमा लागुपदार्थ दुव्र्यसनमा फसेर हालसम्मको अनुभव र भोगाइका साथै लागुपदार्थ दुव्र्यसन गलत बाटो भएको भन्दै आफ्ना धारणाहरु राखेका थिए । उनी लागुपदार्थ दुव्र्यसनको दलदलमा फसेर सुधारकेन्द्रको सहयोगमा हाल सुधारको बाटोमा आएर सबैलाई लागुपदार्थ दुव्र्यसन सम्बन्धी जनचेतना फैलाउदै आएका छन् ।
