कैलालीको खुटिया नदीमा हाम फालेका पुरुषको मृत्यु

अत्तरिया : कैलालीको खुटिया नदीमा हाम फालेका पुरुषको मृत्यु भएको छ। गोदावरी नगरपालिका-८ स्याउले स्थित खुटिया नदिको पुलबाट नदीमा हाम फालेका सोही ठाउँ बस्ने ५५ वर्षीय जोक्करबहादुर गुरुङ्को मृत्यु भएको हो ।

Dhangadhi_Tihar 2083

गुरुङ्ले सोमवार राति ११ः३० बजे नदीबाट हाम फालेका थिए । पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरुङको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

उनलाई डाक्टरले राति साढे १२ बजे मृत घोषणा गरेका थिए । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...