धनगढी उपमहानगरले माग्यो अस्पताल बनाउने भन्दै चर्च खोल्ने लेट मेइनसँग जवाफ

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले अस्पताल खोल्ने भन्दै भवन निर्माण गरी चर्च चलाउने लेट मेइन धनगढी प्रालिलाई लिखित जवाफ मागेको छ ।

धनगढी-७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि उपमहानगरपालिकाले लेट मेइन धनगढी प्रालिलाई पत्र काटेर २४ घण्टा भित्र लिखित जवाफ मागेको हो ।

Dhangadhi_Tihar 2083

अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरेर धर्म परिवर्तन गर्न कोरियन नागरिक संलग्न भएको विषयमा लिखित जवाफ तथा प्रमाणहरू पेश गर्न उपमहानगरले सोमवार पत्र काटेको छ ।

उपमहानगरपालिकाले समाचार तथा स्थानीयको समेत गुनासो आएकाले लेट मेइन धनगढी प्रालिलाई  पत्र काटेर संस्था दर्ता भए/ नभएको, भवनको नक्सा पास भए/नभएको, जग्गा धनीसँग गरिएको सम्झौता, सम्झौता बमोजिम कार्यक्रम भए/ नभएको लगायतका प्रमाण माग गरेको छ।

उपमहानगरपालिकाले संस्थासँग हालसम्म चलाएको कार्यक्रमको अभिलेख सहितको लिखित जवाफ मागेको छ ।

Loading...