एमाले गौरीगंगा नगर कमिटीद्धारा बिभिन्न बिषयमा नगर प्रमुखको ध्यानाकर्षण

अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका भित्र देखिएका विकास निर्माण तथा जनसरोकारका विषयमा व्यापक जनगुनासो आएकोमा नगर प्रमुखको ध्यानाकर्षण गराईएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गौरीगंगा नगर कमिटीले बुधबार त्यस तर्फ ध्यान नदिएको भन्दै नगर प्रमुख देवी दत्त कंडेलको ध्यानाकर्षण गराएको हो । एमाले गौरीगंगा नगर कमिटीले नगर प्रमुख कंडेल समक्ष बिभिन्न बिषयमा नौ बुदे मागहरु राख्दै ज्ञापनपत्र बुझाएको छ ।

‘गौरीगंगा नगरपालिका भित्र देखिएका विकास निर्माण र जनसरोकारका विषयमा व्यापक जनगुनासो आएकोमा नगरपालिकाले त्यस तर्फ ध्यान नदिएकोले हाम्रो पार्टी नेकपा एमाले गौरीगंगा नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ नेकपा एमाले गौरिगंगा नगर कमिटी अध्यक्ष पदम बहादुर ऐरद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ।
यस्ता छन् मागका बुदाहरु
१ नगरपालिकामा पूर्व कार्यरत कर्मचारीहरुलाइ आर्थिक व्ययभारको कारण देखाइ पुर्वाग्रही ढंगले निस्कासन गरेको र हाल आफ्ना कार्यकर्तालाइ भर्ति गर्ने उद्देस्यले खोलिएका विज्ञापनहरु तत्काल रद्द गर्नुपर्ने ।
२ नगरपालिका भित्र कार्यरत शिक्षकहरुलाइ पुवाग्रही ढंगले सरुवागर्ने, अपमानजनक व्यवहारगरी मानसिक दवाव दिने कार्य वन्द गर्नुपर्ने साथै नगरपालिका भित्र कार्यरत नगर शिक्षकहरु लाई नेपाल सरकारको मापदण्ड बमोजिम सेवासुविधा प्रदान गर्नुपर्ने ।
३ बर्षाको कारण वाढीले गरेको मानवीय र भौतिक क्षति प्रति दुख व्यक्तगर्दै उक्त क्षेत्रमा तत्काल आवस्यक राहत उपलब्ध गराउनु पर्ने जोखिम युक्त क्षेत्रमा तत्काल रोकथाम गनुपर्ने ।
४ नगरपालिकाको खरिद प्रक्रिया पारदर्शि नभइ अनियमितता वढेकोहुदा सुशासन कायम गर्नुपर्ने ।
५ स्वास्थ संस्थामा औषधी लगायत सेवा सुविधा नभएकोले आवस्यक सेवा सुविधा उपलव्ध गराउनु
पर्ने । चौमाला प्राथमिक स्वास्थ्य केन्द्रको निर्माण २०७७ सालमा सुरुवात गरिएको भएतापनि हालसम्म निर्माणकार्य अगाडी नबढेकोले तत्काल निर्माणकार्य पारदर्शिताका साथ सन्चालन गर्नु गर्ने।
६ नगरपालिका भित्र भुमिहिन दलित अव्यवस्थित वसावासीहरुलाइ जग्गाको लालपूर्जा वितरण नगरेको हुदा तत्काल पुर्जा वितरण कार्य अगाढी बढाउनु पर्ने ।
७ यस नगरपालिका भित्र रहेका विद्यालय, संघ संस्था तथा सार्वनिक जग्गाहरु अतिक्रमण भएकोले सो स्थानमा रहेका सस्थाहरुको स्वामित्वमा रहने गरि यथासिघ्र कार्यान्वयन गर्नुपर्ने ।
८. नदी जन्य पदार्थको उत्खनन् नियम विपरित भइ दोहोरो कर लगाइएको हुदा तत्काल नियमानुसार उत्खनन गरी दोहोरो कर खारेजी गर्नु पर्ने।
९. यस पालिका भित्र विकास निर्माणका योजना तथा कार्यहरुमा चरम लापरवाहिका साथै गुणस्तर हिन कार्य भइरहेकोले सर्व पक्षिय प्रभावकारी अनुगमगरी दिगो विकास कायमहुने गरी योजनाहरुलाई प्रभावकारी कार्यान्वयन गर्नु पर्ने ।
‘माथी उल्लेखित जनसरोकारका बिषयहरुमा यथा सिघ्र सुधारात्मक कार्य गर्न यसै पत्र मार्फत गम्भिर धानाकर्षण गराउदछौं । साथै उक्तकार्यहरुको सुधार यथा सिघ्र नभएमा चरण वद्ध आन्दोलका कार्यक्रमहरु अगाडी बढाइने जानकागरी गराउदछौं ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

Loading...