धनगढी : कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका-८ मटयारीका ११ वर्षीय राज नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनलाई सुतेका बेला सर्पले डसेको थियो । सर्पले डसेर घाइते भएका नेपालीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।