अत्तरिया : कैलालीको गोदावरीबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका-८ बाट स्थानीय २६ वर्षीय सुरेन्द्र चौधरीलाई पक्राउ गरेको हो ।
बुधवार पक्राउ परेका उनको साथबाट ४७० मिलिग्राम लागू औषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।