धनगढी : धनगढीमा कैलालीको धनगढीमा १५ तोला सुनसहित ६० तोला चाँदी चोरी गर्ने धनगढी-१८ फूलबारीका हर्क गिरी पक्राउ परेका छन् ।

उनले धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीका योगेन्द्र ओझाको घरको ढोका फुटाएर कोही नभएको समयमा बुधवार बिहान सुन र चाँदीका गहना चोरी गरेका थिए ।
उनले सुन चाँदीसहित २५ हजार नगदसमेत चोरी गरेको कैलाली प्रहरीले बताएको छ । प्रहरीले सीसीटीभी फुटेजको आधारमा गिरीको पहिचान गरी बिहीबारर राति सुतेको अवस्थामा पक्राउ गरेको हो ।
गिरीले धनगढीको हसनपुरमा समेत एक घरमा चोरी गरेका थिए । उनी कैलाली कारागारबाट कैद भुक्तान गरेर श्रावण १७ गते मात्र छुटेका थिए । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।