ब्यक्तिगत कारोबार गरेको पैसाकोे जिम्मा सहकारीले लिदैन,संस्थामा कुनै गडबडी छैन: अपि सैपाल सहकारी

अत्तरिया : कैलालीको अत्तरियामा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाले संस्थामा कुनै गडबडी नभएको प्रष्ट पारेको छ । सोमबार संस्थाकै कार्यालयमा पत्रकार सम्मेलन गरेर संस्थाका अध्यक्ष बसन्त रोकायाले बजारमा फैलिएको हल्ला जस्तो संस्थामा केही नभएको बताएका छन् ।

‘संस्थागत रूपमा बाहिर भनिएको जस्तो केही पनि गरेको छैन,अब बजारमा र मिडियामा केही कुरा आएको छ,’ संस्थाका अध्यक्ष ललित रोकायाले भने ‘संस्थामा कार्यरत कर्मचारी बिना योगी संग जोडिएको संस्थागत पैसा ८ लाख मात्रै हो, त्यो पनि उनले ऋण लिएको ३ लाख र अन्य बचतकर्ता को हो । त्यो हामी उठाउँछौ ।’

१५ बर्ष पुरानो सबैको साझा संस्था भएको बताउदै अध्यक्ष रोकायाले बाहिर बजारमा हल्ला गरिए जस्तो अवस्था नरहेको बताए । उनले सदस्यहरूबाट संस्थाको नाममा बिनाले पास बुकमा ईन्ट्रि गराएको रकम सहकारीले तिर्ने र बाँकी उठाएको र पास बुकमा राखिएको रकम सुरक्षित रहेको समेत बताए । संस्थाकी पूर्व कर्मचारी बिना चौधरी (योगी) ले गरेको व्यक्तिगत कारोबारको जिम्मा सहकारीले नलिने उनले बताएका छन् ।

Dhangadhi_Tihar 2083

‘कुनै पनि संस्थाको कर्मचारीले बाहिर के के कुरा गर्छ भन्ने कुराको जिम्मेवारी संस्थाले लिनुपर्ने हो र, बाहिर पर्सनल लाइफमा के कुरा गर्छ भन्ने हाम्रो सरोकार छैन । कसैले उनलाई मिटर व्याजमा पैसा दिएको सुन्नमा आएको छ । अब उनले बाहिर गरेको कारोबारको जिम्मेवारी संस्थाले लिन सक्दैन ।’ यस्तै उनले संस्थागत केही कमि कमजोरी भए आफुहरु सच्याउन तयार रहेको पनि बताएका छन् । कतिपय कुरामा बचतकर्ता स्वयंले पनि सजग बन्नु पर्ने अध्यक्ष रोकायाको भनाई छ ।

संस्थाका उपाध्यक्ष बालकृष्ण प्रसाईँले संस्थामा जम्मा भएको रकममा गडबडी भए त्यसको जिम्मेवारी सञ्चालक समिति लिन तयार भएको बताए । उनले कसैसँग मिटर ब्याजका हिसाबले ब्याज खाने ढङ्गले लिएको रकमको जबाफदेही संस्था नहुने बताउदै उनले संस्था धराशायी भएको र सञ्चालक समितिले पैसा हिनामिना गरेको भन्ने कुरा झुटो रहेको बताए । उनले अपि सैपालसँग जम्मा हुन आएको रकम दुरुपयोग नभएको र उक्त पैसा सहकारी तिर्न तयार रहेको बताएका छन् ।

संस्थाले बिनालाई यही असार १५ गते निलम्बन गरेको जनाएको छ । संस्थाका २\३ जना सदस्यहरूको रकम जम्मा नगरेरै खाएको देखिएकाले संस्थाले बिनालाई निलम्बन गरेको समितिले जनाएको छ । बिना अपि सैपालको सबै भन्दा पुरानो कर्मचारी हुन् ।

१ महिना अघि देखि फरार रहेकी बिनाले अत्तरिया बजार क्षेत्रका केही व्यक्तिबाट करोडौं रकम लिएर फरार रहेको आरोप लागेको छ । बिनाको खोजीको लागि संस्थाले कानुनी प्रक्रिया अपनाइसकेको जनाएको छ ।

Loading...