अत्तरिया : कैलालीको चुरे गाउँपालिकामा सुदूरपश्चिम बालबिबाह निवारण परियोजना सम्बन्धी छलफल गरिएको छ । युनिसेफको आर्थिक सहयोग, चुरे गाउपालिकाको समुन्वयमा निडस नेपालले गाउँपालिकामा बालबिबाह निवारण परियोजना सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेको हो ।
चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धना थापा, बिभिन्न वडाका वडाध्यक्षहरु, समाजसेबी, बुद्धिजीवी, युवा क्लबका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बोगटीले गाउँपालिकामा बालबिबाह न्यूनीकरण सम्बन्धी गाउँपालिकाबाट बजेट नै छुट्याएर विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको बताए । उनले रोजगारीका लागि महिलाहरुलाई सिलाइ कटाइ तालिम दिएर मेसिन समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
आफुहरु निर्बाचित भएर आइसकेपछि महिलाहरुको हकहितका लागि काम गर्दै आएको समेत अध्यक्ष बोगटीले बताएका छन् । उनले गाउँपालिकामा बालबिबाह छाउपडी, लागूऔषधका लगायतका बिषयमा पनि हामी जनचेतनामूलक कार्यक्रम गरिरहेको बताए। महिलाहरुका लागि आयआर्जनका कामहरु पनि अगाडी बढाएको बताउदै अध्यक्ष बोगटीले कृषिमा लागेका महिलाहरुका लागि अनुदान र प्रोत्साहन समेत गरेको बताएका छन् ।
बालबिबाह निवारण परियोजना सम्बन्धि छलफल कार्यक्रमको सञ्चालन निड्स नेपालकी सामाजिक परिचालक लक्ष्मी कुमारी लुहारले गरेकी थिईन् ।