देवीदल गण अत्तरियाका एक सिपाही सर्पले डसेर घाइते

अत्तरिया : कैलालीमा सर्पले डसेर नेपाली सेनाका एक जना सिपाही घाइते घाइते भएका छन् ।

Dhangadhi_Tihar 2083

जिल्लाको देवीदल गण अत्तरियामा कार्यरत बैतडीको सिगास गाउँपालिका-९ का २२ वर्षीय प्रकाश ऐर घाइते भएका हुन ।

उनलाई सर्पले गणको कोठामै डसेको प्रहरीले जनाएको छ। घाइते भएका प्रकाशको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Loading...