अत्तरिया : कैलालीको स्याउले बजारमा पुल हाउस सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका-८ स्थीत स्याउले बजारमा स्थानीय पारस जोशीले पुल हाउस सञ्चालनमा ल्याएका हुन् ।

डेढ लाख लगानिमा सञ्चालनमा ल्याएको पुल हाउसको आज श्री कृष्ण जन्माष्टमीको अवसर पारेर उद्घाटन गरिएको छ । उक्त पुल हाउसको स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै देउवाले स्याउले बजारमा सञ्चालनमा ल्याईएको पुल हाउसले यहाँका युवाहरुलाई गलत बाटोतिर जानबाट मद्धत पुर्याउने बताए । उनले पछिल्लो समयमा युवा तथा किशोरहरु कुलत लगायतका बिभिन्न गलत क्रियाकलापमा फस्नेक्रम बढ्दै गएकाले पुल हाउसले खेल खेल्न उत्प्रेरीत गरी उनिहरुलाई सहि मार्गतिर डोर्याउन सहयोग गर्ने विश्वास लिएको बताए ।
पुल हाउसका सञ्चालक जोशीले युवा पुस्तालाई खेलका माध्यमबाट समाजमा सकारात्मक बाटो तिर डोर्याउनका निमित्त स्याउलेमा पुुल हाउसको आवश्यकता देखेकोले सञ्चालनमा ल्याएको बताए । पुल हाउसमा एक पटक खेल्न ३० रुपैँया शुल्क तोकिएको छ ।