अत्तरिया : कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थित स्याउलेमा गौरा पर्व मेला तथा देउडा खेल कार्यक्रम शुरु भएको छ ।
सोमबार एक औपचारिक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बमले कार्यक्रमको उद्घाटन गरेका छन् ।

आर्थीक मामिला राज्यमन्त्री बमको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा प्रदेश सांसद तुलसी देवकोटा, खेमा बिष्ट लगायतको उपस्थिती रहेको थियो । स्याउले स्थीत विश्वनाथ महादेव मन्दिर परिसरमा हिजो सोमबार देखी सुरु भएको मेला भदौ १६ गतेसम्म सञ्चालन हुनेछ ।
मेला सञ्चालन समितिका संयोजक गोपाल देउवाले यहाँको रिति रिवाज, संस्कृति र संस्कारको जर्गेना गर्न मेलाको आयोजना गरिएको बताए । उनले मेलामा स्थानिय देउडा कलाकारहरुका साथै सुदूरपश्चिमका विभिन्न जिल्लाका कलाकारहरुको सहभागिता रहने बताए ।
मेलामा स्थानिय बाहेक प्रदेशभरीका करिब १५ जना जती कलाकारहरुको सहभागिता रहने जनाइएको छ ।