धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु

अत्तरिया : करेन्ट लागेर धनगढीमा एक युवकको मृत्यु भएको छ ।

Dhangadhi_Tihar 2083

आइतबार धनगढी उपमहानगरपालिका-५ तारानगर स्थित गोपि कृष्ण जोशीको भवन निर्माणका क्रममा करेन्ट लागेर कैलारी गाउँपालिका-६ का ३२ वर्षीय चन्द्रे चौधरीको मृत्यु भएको हो ।

नवनिर्मित घरको पिल्लरमा मसला हालि भाईब्रेसन मेसिन चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...