अछाम घर भएका एक युवक मलेसियामा अस्ताए

धनगढी : अछाम घर भएका एक युवकको मलेसियामा निधन भएको छ । रोजगारीको सिलसिलामा मलेसियामा रहेका मेल्लेख गाउँपालिका-७ का भक्त साउँदको निधन भएको हो ।

४० वर्षीय साउँद काम सकेर कोठामा सुतेका थिए । उनी बिहान ओछ्यानमै मृत भेटिएको खबर प्राप्त भएको बेल्लेख गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष प्रेमबहादुर महरले बताए । उनी दसैंमा घर फर्कने योजनामा थिए । उनको मृत्युको खबर परिवारले आइतबार बिहान मात्रै थाँहा पाएको छ ।

विगत ६ वर्षदेखि उनी मलेसियामा एक कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए । उनका २ छोरा र श्रीमती हाल धनगढीको शिवनगरमा बस्दै आएका छन् । मेलिसियाबाट लास ल्याउन यहाँबाट सबै कागजपत्र परराष्ट्र मन्त्रालयमा पठाएको वडाअध्यक्ष महरले बताए ।

Deep Jyoti Pustak psl
Loading...