कैलालीको खुटिया नदीमा बेपत्ता भएकी बालिकाको शव फेला

धनगढी : कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ ।

आइतवार धनगढी उपमहानगरपालिका-१५ र वडा नम्बर-७ को बिचमा पर्ने वेली पुल नजिकै खुटिया नदीमा धनगढी-१४ ‘जी’ गाउँकी १४ वर्षीया सवि अवस्थी र १६ वर्षीया जेनिसा अवस्थी नदीमा डुबेकी थिइन् । नदीमा डुबेकी सविलाई उद्धार गरे पनि जेनिसा भने बेपत्ता थिइन् ।

बेपत्ता भएकी जेनिसाको शव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शव घटना स्थलभन्दा ५०० मिटर तल फेला परेको हो ।

घाइते सविको निर्सग अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको छ ।

Deep Jyoti Pustak psl
Loading...