बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएकी एक युवतीको मृत्यु

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएकी सुर्नया गाउँपालिका-८ की १८ वर्षीया सविना महराको मृत्यु भएको छ ।

सुर्नया गाउँपालिका-८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००ज १३५४ नम्बरको जिप मंगलबार दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा सविना गम्भीर घाइते भएकी थिइन् । उनलाई थप उपचारको लागि धनगढी ल्याइएको थियो । उपचारकै क्रममा मंगलबार नै उनको मृत्यु भएको आफन्तले जानकारी दिए । जिप दुर्घटना परी घाइते भएका अन्य चार जना उपचारपछि घर फर्किएका छन् ।

घाइते हुनेमा चालक सुर्नया गाउँपालिका-७ का लालबहादुर कुँवर, सुर्नया-८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महराको डडेल्धुरामा उपचार भएपछि घर फर्किएका हुन् । जिप सडकबाट २० मिटर तल खसेको बुझीएको छ ।

Deep Jyoti Pustak psl
Loading...