अत्तरिया : डोटीमा बदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बुधबार बडिकेदार गाउँपालिका-१ धामीगाउँका २७ वर्षीय नविन बडेलाको बदेलको आक्रमणबाट मृत्यु भएको हो ।
घर नजिकै मष्टदेवता सामुदायिक वनमा बाख्रा चराउदै गरेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गरी गम्भिर घाइते भएका बडेलाको उपचारको लागी धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।