कैलालीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

धनगढी : कैलालीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका-१० चुहा स्थित भित्रि सडक खण्डमा मप.०३-००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले बिपरित दिशाबाट आउदै गरेको से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक जोशिपुर गाउँपालिका-७ बस्ने ३० वर्षीय एकतन चौधरी गम्भिर घाईते भएका थिए ।

एकतनलाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन नै मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी कबिन्द्रसिँ बोहराले बताए ।

मोटरसाइकल पछाडी सवार लम्कीचुहा नगरपालिका-६ पिपरकोटी बस्ने २४ वर्षीय विक्रम चौधरीको बर्दगोरिया अस्पताल बौनियामा उपचार भईरहेको डीएसपी बोहराले जानकारी दिए । बस र बस चालक घोडाघोडी नगरपालिका-२ बस्ने ४० वर्षीय भागिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

Deep Jyoti Pustak psl
Loading...