अत्तरिया : प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ।
प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १० सिट जित्दै पहिलो स्थान हासिल गरेको हो। नेपाली कांग्रेस र नेकपा एमाले ले भने ३–३ सिट जितेका छन्।
रास्वपाले कैलालीका सबै ५ सिट र कञ्चनपुरका ३ सिटमा क्लिन स्वीप गर्दै ठूलो सफलता पाएको छ। साथै डडेल्धुरा र बैतडी बाट पनि एक–एक सिट जितेको छ।
कांग्रेसले अछाम–१, बाजुरा र डोटी जितेको छ भने एमालेले अछाम–२, दार्चुला र बझाङ मा विजय हासिल गरेको छ।