अत्तरिया : कैलालीको गोदावरीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ ।
भदौ २५ गते सर्पले टोकेर घाइते भएका गोदावरी नगरपालिका-९ बल्मीका गणेश नेपालीका छोरा ५ वर्षीय विहान नेपालीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो ।
उनलाई आफ्नै घरको सुत्ने कोठामा खाटमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । सर्पले टोकेपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो ।
उपचारकै क्रममा मंगलबार बिहान २ः३० बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
