धनगढीमा चांगानको नयाँ विद्युतीय एसयूभी निभो क्यू०५ सार्वजनिक, निभो क्यू०५ को टेस्ट ड्राइभ गर्ने अवसर

धनगढी : कैलालीको धनगढीमा चांगानको नयाँ विद्युतीय एसयूभी निभो क्यू०५ सार्वजनिक गरिएको छ । एमएडब्लु वृद्धि अटोकर्प प्रा.लि. अन्तर्गत धनगढी क्षेत्रका लागि चांगानको आधिकारिक डिलर ग्लोबल प्रा.लि.ले नयाँ विद्युतीय एसयूभी निभो क्यू०५ सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम उद्योग वाणिज्य महासंघका अध्यक्ष पुष्पराज कुँवरको प्रमुख आतिथ्यमा आयोजित समारोहमा निभो क्यू०५ सार्वजनिक गरिएको हो । कार्यक्रममा एमएडब्लु वृद्धिका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लु वृद्धि अटोकर्पका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्द तथा ग्लोबल प्रा.लि.का अध्यक्ष हितेश ओझा र प्रबन्ध निर्देशक कृष्णदेव उप्रेती लगायतको उपस्थिति थियो ।

ग्राहकले असोज २६ देखि २९ गतेसम्म कैलालीको धनगढी उपमहानगरपालिका-१३, राजपुरस्थित दिपल शोरुममा आयोजना हुने विशेष टेस्ट ड्राइभमार्फत गाडीको अनुभव लिन सक्नेछन् । यसको अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कम्फर्ट र डिजाइन

निभो क्यू०५ कम्प्याक्ट आकारमा फराकिलो क्याबिन र आधुनिक सुविधासहित तयार गरिएको विद्युतीय एसयूभी हो। यसमा २,७३५ एमएम ह्विलबेस, ५४० लिटर क्षमताको बुट स्पेस, ९० लिटरको अतिरिक्त स्टोरेज तथा २९ वटासम्म स्टोरेज स्पेस छन् । केही भेरियन्टमा विद्युतीय सनसेडसहितको प्यानोरामिक ग्लास रुफ पनि उपलब्ध छ ।

चांगानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन ग्रुपका पूर्व डिजाइन प्रमुख क्लाउस जाइसिओराको नेतृत्वमा विकसित यसको डिजाइनमा आधुनिक लाइटिङ, म्याट्रिक्स एलईडी टेललाइट र सेमी-हिडन डोर ह्यान्डलजस्ता विशेषता समावेश छन्। कम्पनीका अनुसार यस एसयूभीले सन् २०२६ को गोल्डेन ए’ डिजाइन अवार्डसमेत प्राप्त गरेको छ ।

ब्याट्री, रेन्ज र प्रविधि

निभो क्यू०५ मा गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधि, १२० किलोवाटको इलेक्ट्रिक मोटर र थ्री-सी फास्ट चार्जिङ प्रणाली रहेको छ। कम्पनीका अनुसार उपयुक्त अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसले डब्लुएलटीपीसी परीक्षणअनुसार ४०५ किलोमिटर रेन्ज प्रदान गर्छ भने शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा हासिल गर्न सक्छ ।

गाडीमा १४.६ इन्चको टचस्क्रिन, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो उपलब्ध छन् । भेरियन्टअनुसार १८ वटासम्म एडभान्स्ड ड्राइभर असिस्टेन्स फङ्सन र ५४० डिग्री प्यानोरामिक भ्युइङ सिस्टमजस्ता सुविधा पनि समावेश छन् ।

धनगढीमा बिक्री तथा सेवाको व्यवस्था

वि.सं. २०८२ मा स्थापना भएको श्री ग्लोबल प्रा.लि. धनगढी उपमहानगरपालिका-१३, राजपुरमा अवस्थित छ। कम्पनीले धनगढी क्षेत्रमा चांगानका दिपल र निभो ब्रान्डका सवारीसाधन बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्नेछ ।

नेपालमा चांगान अटोमोबाइल, दिपल, निभो र अवतार ब्रान्डको प्रतिनिधित्व एमएडब्लु वृद्धि अटोकर्प प्रा.लि.ले गर्दै आएको छ । चांगान चीनको प्रमुख अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले विद्युतीय सवारीसाधन तथा नयाँ पुस्ताको मोबिलिटी प्रविधिमा काम गर्दै आएको छ ।

Loading...