अत्तरिया : कैलालीको अत्तरियामा मानव अधिकारकर्मीहरूका लागि ३ दिने क्षमता विकास तालिम सुरु भएको छ । दलित विकास सेवा केन्द्रको दलित सशक्तीकरण परियोजना अन्तरगत तालिम सुरु भएको हो ।

तालिमको शनिवार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मी बिकको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको थियो । तालिमको उद्घाटन सत्रमा बोल्दे उनले दलित विकास सेवा केन्द्रले समाज परिवर्तनमा ठुलो भूमिका खेलेको बताइन् ।
उनले राजनिति परिवर्तनमा दलित समुदायको ठुलो भूमिका भए पनि अझै दलित समुदायले अपेक्षा अनुसार परिवर्तनले अनुभूति गर्न नपाएकाले बताइन् । तालिममा अधिवक्ता झंकर कुवर, विनोद कडारा, टेक विक लगायतले प्रशिक्षण दिने जनाइएको छ ।
दलित विकास सेवा केन्द्रका अध्यक्ष टेक विकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव कृष्ण विकले गरेका थिए । तालिममा वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष शिव विक लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।