बझाङ उपनिर्वाचनको लागि ७ जनाको उम्मेदवारी दर्ता, १२ सय प्रहरी परिचालन

बझाङ : बझाङ प्रदेश सभा १ (१)मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेपाली कांग्रेसबाट अभिषेक सिंह, राष्ट्रिय मातृभूमि पार्टीबाट विनोदबहादुर थापा, नेपाल मजदुर पार्टीबाट खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्ति मगर, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टीबाट रामबहादुर जग्री र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोर कुमार खड्काले उम्मेदवारी दर्ता गराएका हुन।

यस्तै निर्वाचनका लागि १२ सय प्रहरी परिचालन गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी प्रहरी परिचालन गरिएको जानकारी दिए । निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो ।

म्यादी प्रहरीको प्रयोग नहुने भएकोले दुई सङ्गठनका प्रहरी निर्वाचनमा प्रयोग हुने कुइँकेलले जानकारी दिए । निर्वाचन क्षेत्रभित्र रहेको मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

उपनिर्वाचनका लागि आज बझाङ प्रदेशसभा १ मा उम्मेदवारको मनोनयन दर्ताको काम भइरहेको छ ।

Loading...