बैतडिमा लागूऔषध सहित युवक पक्राउ

बैतडी : बैतडीमा लागू औषध खैरो हेरोइनसहित प्रहरिले एक जनालाइ पक्राउ गरेको छ ।

Dhangadhi_Tihar 2083

जिल्लाको दशरथचन्द नगरपालिका – ५ का २२ बर्षीय विरेन्द्र रावललाई प्रहरीले पक्राउ गरेको हो । उनलाइ शनिबार साँझ भारतबाट फर्कने क्रममा चेकजाँच गर्दा खैरो हेरोइनसहित सिमा नाका झुलाघाटबाट पक्राउ गरेको प्रहरिले जनाएको छ ।

कागजको पुडियामा मुखभित्र राखेको अवस्थामा २ सय मिलिग्राम लागू औषध खैरो हेरोइनसहित रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

Loading...