रोजगारीको सिलसिलामा भारतको चण्डीगढमा रहेका बैतडीका एकजनाको मृत्यु

बैतडी : बैतडीका एक जनाको भारतमा मृत्यु भएको छ।

Dhangadhi_Tihar 2083

रोजगारीको सिलसिलामा भारतमा रहेका जिल्लाको दशरथचन्द नगरपालिका–१ श्रीखण्ड घर भएका ४५ बर्षीय देवदत्त भट्टको चण्डीगढमा मृत्यु भएको एमालेका वडा कमिटि अध्यक्ष मदनसिंह भाटले बताए।

करीब ६ महिना अघिमात्रै रोजगारीका लागि भारत गएका भट्टको शुक्रबार मृत्यु भएको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन्। मृतक भट्टको घरमा श्रीमती, दुई छोरी र एक छोरा छन्।

नेपाल प्रहरीको हवलदार पदबाट सेवा निवृत भएपछि भट्ट रोजगारीका लागि भारत गएका थिए।

Loading...