कैलालीका विभिन्न स्थानबाट अवैध सामान बरामद

अत्तरिया : कैलालीमा अवैध सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छली ल्याइएका अवैध सामान बरामभद गरिएको हो ।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिक, गोदावरी नगरपालिका–२ तेघरी पहाड रोड र भजनी नगरपालिका–३ कुसमघाटबाट अवैध रुपमा भारतबाट ल्याएका अन्दाजी ५६ हजार ९०० मूल्यको सामान बरामद गरिएको प्रहरीले बताएको छ ।

चिनी, बिडी, सुर्ती, चक्लेट, चियापत्ती, खानेतेल, पानीपुरी, सुट कपडा लगायतका सामान शनिवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।

Loading...