कञ्चनपुरमा अवैध ब्रोइलर कुखुरा फेला

अत्तरिया : कञ्चनपुरमा प्रहरीले अवैध ब्रोइलर कुखुरा बेवारिसे अवस्थामा फेला पारेको छ ।

Dhangadhi_Tihar 2083

जिल्लाको बेलौरी नगरपालिका–६ ढक्काचाँदरमा अन्दाजी १९ हजार मूल्यको ब्रोइलर कुखुरा बेवारिसे अवस्थामा फेला परेको हो ।

अवैध रुपमा भारतबाट भन्सार छली ल्याइएको उक्त मूल्यको ब्रोइलर कुखुरा शनिवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नष्ट गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Loading...