महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिगासका महिलालाई सिलाइ कटाइ तालिम

बैतडी : बैतडीको सिगास गाउँपालिका–२ का महिलाहरुलाई सिलाइ कटाइ तालिम दिइँदैछ ।

Dhangadhi_Tihar 2083

महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिन लागिएको हो । यही चैत्र १३ गतेदेखि तालिम सुरु गरिएको गाउँपालिकाका उद्यम विकास सहजकर्ता केशव साउदले बताए ।

पछाडि परेका महिलाहरुलाई सीप सिकाएर व्यवसाय सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पालिकाको ६ लाख बजेटबाट महिलाहरुलाई सिलाइ कटाइ तालिम दिन लागिएको बताइएको छ ।

Loading...